सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्नुहुने भएको छ । आज दिउसो दुई बजे प्रधानमन्त्री ओलीले देशबासीका नाउँमा संवोधन गर्न लाग्नुभएको हो । 

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लाग्नुभएको हो ।

सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो । उहाँले केपी ओलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताउनुभयो ।

प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीका नाममा राख्ने तयारी भइरहेको छ ।  प्रधानमन्त्री ओलीले देशबासीका नाउँमा संवोधन गर्दै बालुवाटार छाड्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्रीको संवोधन हुने भएसँगै आज बस्ने स्थायी कमिटी बैठक पनि सर्न सक्ने एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : ०६ बजे