साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न उपत्यकाका सुरक्षा अधिकारीबीच बैठक सुरु

काठमाडौ । उपत्यकामा कोरोना भाइरस संक्रमण जटिलतातर्फ उन्मुख भएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय बीच अहिले छलफल चलिरहेको छ ।

काठमाडौं जिल्ला प्रशासनको कार्यालयमा चलिरहेको बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारेमा छलफल भइरहेको बताइएको छ  ।

आइतबार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरे लगतै आज अर्को छलफलमा चलेको हो । छलफल अहिले जारी रहेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ११ : २६ बजे