साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

देश अव संकटतर्फः न्यायिक ‘कु’ का विरुद्ध सशक्त सडक आन्दोलन 

आज अर्थात २०७८ असार २८ गते सर्वाेच्चबाट जुन फैसला आयो, त्यो फैसला आम नेपालीको कल्पना भन्दा बाहिर छ । यो फैसलाले बहुदलियता र दलिय सर्बोच्चताको मर्म माथि प्रहार गरेको छ । लोकतन्त्रमा विश्वास गर्ने सवै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीविहरु सर्वोच्चको यस्तो अनौठो फैसलाप्रति नकारात्मक टीप्पणी व्यक्त गरिरहेका छन । यो फैसलाबाट स्वंयम परमादेश माग्ने राजनीतिक दलहरु र सांसदहरुपनि सर्वोच्चबाट यस्तो फैसला होला भन्ने कुरा अनुमान गर्न सकिरहेका थिएनन । यो फैसलाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले त आज सर्वोच्चमा गोरु व्याएको टीप्पणी गर्नु भएको छ । 

संविधानको व्याख्याता रहेको सर्वोच्च अदालत आफैले यो फैसलासँगै संवैधानिक गत्यावरोध सीर्जना गरेको छ । विश्वका कुनैपनि देशको न्यायिक निकायहरुले अहिलेसम्म प्रधानमन्त्री तोक्ने र त्यसलाई नियुक्ति गर्ने आदेश दिएका छैनन । तर हाम्रो सर्वोच्च अदालतले विगत केही समयदेखि नै कार्यपालिकाको अधिकार क्षेत्रभित्र हस्तक्षेप गरिरहेको छ । सर्वोच्च अदालत कहिले सरकारले नियुक्त गरेका मन्त्रीहरु बर्खास्त गर्छ कहिले सरकारले गरेका निर्णयहरु उल्टयाउछ । आज त सर्वोच्चले प्रधानमन्त्री नियुक्ति गर्ने आदेश दिन्छ । यदी सवै काम सर्वोच्चले नै गर्ने हो भने यहाँ कार्यपालिका र व्यवस्थापिका किन चाहियो ?

यो फैसलासँगै सर्वोच्चले लोकतन्त्रको घाँटी रेटेर देशलाई पुर्णत अस्थिरता र संकटतर्फ धकेलेको छ । दलिय अधिकारको र सर्वोच्चताको मर्म विपरीत र व्यवस्थापिकाको अधिकारक्षेत्र समेत हस्तक्षेप गरेर आएको यो फैसलाले मुलुकमा मुडभेडको स्थिति सीर्जना गरेको छ । अव लोकतन्त्रको रक्षाकालागि सम्पुर्ण नेपालीहरुले सर्वोच्चको यो फैसला विरुद्धमा सडक आन्दोलन गर्नुको कुनै विकल्प छैन । अव यो न्यायिक ‘कु’ का विरुद्धमा सम्पुर्ण नेपालीहरु सडकमा ओर्लनु आवश्यक छ । 
सर्वौच्चको यो असंवैधानिक फैसला नै हो । सर्वोच्चको यो फैसला न्यायिक ‘कु’ नै हो । सर्वोच्चका सवै आदेशहरु मान्य नै हुन्छन भन्ने होइन ।

मानि लिउँ, भुतपुर्व भैसकेका राजा ज्ञानेन्द्रले मेरो राजतन्त्र फिर्ता गरिपाउँ भनेर सर्वोच्चमा रिट दिए र सर्वोच्चले उहाँको रिटमा परमादेश जारी ग¥यो भने त्यसलाई नेपाली जनताले मान्ने की नमान्ने ? अहिले २८ घण्टाभित्र शेर वहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्ने परमादेश यो भन्दा के नै फरक छ र ?     

शक्ति पृथकीकरणको सिद्धान्त भनेको नियन्त्रण र सन्तुलनको सिद्धान्त हो । तर यो सिद्धान्तले अरुको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर भनेर भन्दैन । तर अहिले त हाम्रो न्यायिक निकायले कार्यपालिका र व्यवस्थापिका समेतको अधिकारमाथि हस्तक्षेप गरेको छ । यो न्यायिक ‘कु’ का विरुद्धमा सडक आन्दोलन हुन सक्छ । त्यसले पनि मुलुकलाई संकटतर्फ धकेल्न सक्छ । 

धेरै विश्लेषकहरु यो फैसला कार्यान्वयन हुन सक्दैन भनेर टिप्पणी गरिरहेका छन । प्रतिनिधि सभाको पुर्नस्थापनापछि यहाँ महाअभियोगहरुका हल्लाहरु पनि अगाडी वढन सक्छन । तर महाअभियोग कसले कसलाई भन्ने सवालले पनि मुलुकलाई मुडभेडतर्फ लान सक्छ । संवैधानको गतिरोध उत्पन्न हुन लागेको अवस्थालाई मध्यनजर गरेर त्यस्तो हुनसक्ने संविधानको गतिरोध अन्त्यकालागि सरकारले निर्वाचनको घोषणा गरेकै थियो । तर सर्वोच्चको यो फैसलाले त संविधानिक निकास भन्दा पनि झन ठुलो संवैधानिक गत्यावरोधको अवस्था सीर्जना गरेर मुलुकलाई थप संकटतर्फ धकेलेको छ । जव मुलुकको संविधानमै गत्यावरोध उत्पन्न हुन्छ । त्यो मुलुकमा संकटको सीर्जना हुन्छ । 

नेपाली जनताको भावना निर्वाचन थियो । तर जनताको यो भावनामा सर्वोच्चको फैसलाले अस्विकार गरेको छ । अव यो फैसलाले निर्वाचनको समय समेतलाई अनिश्चित बनाएको छ । एउटा स्थिर बाटोमा हिडिरहेको राजनीति अलि अगाडी देखि अस्थिर बनिरहेको थियो । त्यसमा धेरै घरेलु पात्र र विदेशी शक्तिहरु सहभागि थिए । यो फैसलाले मुलुकको राजनीतिलाई झन अस्थिर र संकट बनाएको छ । तर सर्वोच्चको फैसला जे भएपनि लोकतन्त्रका पक्षमा हाम्रा नेताहरुको धारणा र गतिविधि कसरी अगाडी बढने हो, त्यसैमा मुलुकको राजनीतिक भविष्य र आर्थिक प्रगति निर्भर रहन सक्दछ । 

अहिले नेपाली काग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्चको फैसलालाई सिङगो नेपाली काग्रेसले स्वीकार गर्छ की गर्दैैन ? त्यसमा पनि जीन्दगी भरी लोकतन्त्रको दुहाई दिएर नथाक्ने काग्रेसका नेताहरु र खासगरि युवा पुस्ता भनेर आफुलाई दावी गर्ने विश्वप्रकाश र गगन थापाहरुले यो फैसलालाई स्वीकार गर्छन की गर्दैनन ? त्यो भने हेर्न बाँकी छ ।

सर्वोच्चले तोकेको प्रधानमन्त्री बोकेर अव नेपाली काँग्रेसले लोकतन्त्रको व्याख्या कसरी गर्छ होला ? आम नेपाली जनताको निकै ठुलो चासो छ । 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ५४ बजे