सुनको मूल्यमा नयाँ कीर्तिमान

सर्वोच्चको फैसलाविरुद्ध युवा संघको नेतृत्वमा विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडौं । सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको फैसलाविरुद्ध सत्तारुढ दल नेकपा एमालेका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन जारी छ ।

युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।

सर्वोच्चले संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको छ ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : १६ बजे