सुनको मूल्यमा नयाँ कीर्तिमान

अदालतको निर्णय स्वीकार्य छैन, आजैदेखि आन्दोलन शुरु भयो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले सर्वोच्च अदालतको फैसला विरुद्ध माइतीघर मण्डलामा विरोध प्रर्दशनमा जम्मा हुन आग्रह गर्नुभएको छ । व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्यायमूर्तीका नामधारीहरुले हातमा लिएको भन्दै सवै अधिकार प्रयोग गर्ने सर्वोच्चको फैसला नमान्ने उहाँले बताउनुभयो । चक्रपथसँग कुरा गदै नेता बस्नेतले भन्नुभयो, ‘काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन हुनै सक्दैन ।’ अदालतले राजनीतिक दलको आडमा, विदेशीको ईसारामा, विभिन्न शक्तिले भने बमोजिम निर्णय गरेकोमा आफुहरुको आपत्ति भएको बताउनुभयो । विदेशी शक्तिको बलमा आएको निर्णयका विरुद्धमाआफुहरु देशव्यापी आन्दोलनमा जाने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : १५ बजे