अमेरिकाले उपलब्ध गराएको कोरोना खोप नेपाललाई हस्तान्तरण

काठमाडौँ– अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख डोज खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आजै नेपाल आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरेका हुन् ।

अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराएको हो । अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप एक मात्र डोज लगाए पुग्छ ।

अमेरिकी दूतावासले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका १५ लाख ३४ हजार ८५० डोज कोभिड१९ भ्याक्सिन काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : १६ बजे