‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर–उपमेयरसहित १४ जनालाई सफाइ

​​​​​​​काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख (मेयर) गजेन्द्र महर्जन, उपप्रमुख (उपमेयर) मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोग लागेका उनीहरूले सफाइ पाएका हुन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाशले बुधवार सफाइ दिएको हो ।  

सफाइ पाउने अन्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रविन कोइराला, वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र विश्वराज मरासैनीसहित १४ जना छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध १ अर्ब रुपैपाँभन्दा बढी बिगो कायम गरिएको थियो । 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : ०९ बजे