सुनको मूल्यमा नयाँ कीर्तिमान

माधव नेपालले भने, एमालेका २३ जना सांसद हस्ताक्षरमा दृढ छौं

काठमाडौं।नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा एमालेका २३ जना सांसद एक ठाउँ रहेको बताएका छन्।उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी हुनेगरी गरिएको कुनै व्याख्या आफूहरुलाई मान्य नरहेको बताएका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेको १० बुँदे सहमतिसँगै शेरबहादुर देउवाको साथमा एमालेका सांसद नरहेको स्टाटस लेखेपछि नेपालको सो प्रतिक्रिया आएको हो।
 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ४३ बजे