साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अटो बजार तताउन कस्सिए पाँच बैंक  

​​​​​​​काठमाडौँ । आगामी भदौमा हुने ‘नाडा अटो शो २०२४’ मा आधा दर्जन बैंक तथा वित्तीय संस्था सहभागी हुने भएका छन् । अटो शोमा नबिल, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज र महालक्ष्मी विकास बैंकले स्टल बुक गरेका छन् ।

अटो शोमा बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न खालका गाडी खरिदको योजना ल्याउने बुझिएको छ ।

साथै विभिन्न छुटसहितको स्किममा सवारी खरिदबिक्री गरी अटो बजारलाई नै चलायमान बनाउने अपेक्षा गरिएको छ । अटो शोमा सहभागी बैंकहरूले सवारी खरिदका लागि सहज फाइनान्सिङ लगायतका सुविधा प्रदान गर्ने छन् । 

त्यसो त अहिले विगतको तुलनामा बैंकहरूको ब्याजदर घटेको छ । यस्तो अवस्थामा बैंकबाट कर्जा लिएर गाडी खरिद गर्नेहरू बढ्ने अनुमान बैंकर र अटो व्यापारीहरूले गरेका छन् ।

अटो शोमा २३ वटा ब्रान्डका चारपांग्रे सवारीले सहभागिता जनाउँदै छन् । यस्तै १३ वटा ब्रान्डका हल्का लाइट गाडी, १७ वटा ब्रान्डका दुईपांग्रे सवारी पनि रहने छन् । यसका साथै २७ वटा विभिन्न अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने नाडाले जनाएको छ ।

स्मरण रहोस् नाडाले यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म अटो शो आयोजना गर्दै छ । काठमाडौँको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा नाडा अटो शोको आयोजना गरिँदै छ ।
 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : २८ बजे