साफ यू–१७ च्याम्पियनसिप आजदेखि

शिखर इन्स्योरेन्सको नाफा सत प्रतिशतले वृद्धि  

काठमाडौं । शिखर इन्स्योरेन्सको गत वर्षको नाफा शत प्रतिशत बढेको छ । कम्पनीले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अघिल्लो आवमा कम्पनीले २२ करोड ६१ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा भने १२६ दशमलव ८७ प्रतिशत बढाएर ५१ करोड ३० लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १३ दशमलव ३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ५ अर्ब ३८ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष कम्पनीको कुल आम्दानी ४ दशमलव ०६ प्रतिशत बढेर २ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको कुल खर्च ४ दशमलव ७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको छ ।

अघिल्लो आवमा कम्पनीको कुल आम्दानी र कुल खर्च क्रमशः २ अर्ब ४४ करोड ८२ लाख र १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १९ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ। कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ राखेको छ । यता महाविपत्ति कोषमा १४ करोड १२ लाख रुपैयाँ राखेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ३१ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : १९ बजे