‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिनुहुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार  प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

कांग्रेसका शाह सत्तारुढ दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । ५३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।

तीनै दलको प्रदेश सभा सदस्य संख्या मिलाएर मुख्यमन्त्रीसँग स्पष्ट बहुमत रहेको छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहनुभएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ९ : ०७ बजे