‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अरुणमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

​​​​​​​खाँदबारी (सङ्खुवासभा) । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।

साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ८ : ५९ बजे