देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान

काठमाडौँ । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोकिनुपूर्व निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार विज्ञप्ति जारी गर्दै नामावलीमा नाम नभएकालाई दर्ता गर्न आग्रह गर्नुभएकाे हाे ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,’  ।

आयोगका अनुसार दुई गाउँपालिका अध्यक्षको पद रिक्त छ । दैलेखको महाबु गाउँपालिका र मोरङको गाउँपालिका अध्यक्षको पद रिक्त छ । यस्तै काठमाडौँको कीर्तिपुर नगरपालिकामा मेयरको पद रिक्त छ भने दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकामा उपमेयरको पद रिक्त छ । 

यस्तै करिब दुई दर्जन वडा अध्यक्षको पद रिक्त छ । यी पदहरूका लागि उपचुनाव हुने भएको हो ।

रिक्त पदहरूको पदावधि एक वर्षभन्दा बढी समय बाँकी रहँदा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा पदपूर्ति गरिने व्यवस्था छ ।

आयोगले आगामी मंसिरमा उपचुनाव गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री ओलीलाई आयोगले मंसिरमा चुनाव गर्नु उपयुक्त हुने सुझाव पेस गरेको थियो । अब चुनावको मिति सरकारले तोक्नेछ । 

 

 ;

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : १४ बजे