साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौँ । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने सामान्यअंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आज नेप्से परिसूचक ८ दशमलव १८अंकले घटेर २ हजार ९२३ दशमलव ४६ विन्दुमा कायम भएको हो । ३३२ कम्पनीको रु. ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर २ लाख ४१ हजार ६६५ पटक खरिदबिक्री हुँदा रु. २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार बैंकिङ ० दशमलव ४५, वित्त १ दशमलव ५७, लगानी ० दशमलव ०८, व्यापार ० दशमलव ०६ र जीवन बीमा ० दशमलव ५४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक १ दशमलव ३६, होटल तथा पर्यटन २ दशमलव २५, जलविद्युत् ० दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४० प्रतिशतले घटेको छ । 

त्यसैगरी, लघुवित्त १ दशमलव १३, म्युचुअल फन्ड ० दशमलव ०७, निर्जीवन बीमा १ दशमलव ०२ र अन्य समूहको उपसूचक ० दशमलव ७४ प्रतिशतले घटेको छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य ९ दशमलव ९३ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु. ८१ करोड ९९ लाख ४० हजार ८२२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार ९०७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : ४१ बजे