साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसर्टमा छुट 

काठमाडौँ । सिद्धार्थ बैंक र आगन्तुक रिसर्ट प्रालिबीच बैंकका ग्राहकहरूलाई रिसर्टका विभिन्न सेवामा छुट दिने सम्बन्धी आज सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्म र रुम ट्यारिफमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : १२ बजे