‘एउटै नाउरको सिकार गर्न २३ लाख’

संसद्‍मा विपक्षी दलका सांसदहरूको विरोध

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका केही सांसद्‍ले बोल्दाबोल्दै विद्युत् अवरुद्ध भएपछि त्यसको विरोध गर्नुभएको छ । 

 बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले आफू बोलिरहेका बेला ‘माइक’ काटिएको भन्दै विरोध जनाउनुभयो । विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उहाँले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गर्नुभयो ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका प्रतिनिधिले जनताका चासोबारे बोल्न पाउनुपर्ने माग गर्नुभयो । बैठक केहीबेर अवरुद्ध भएपछि अहिले सञ्चालन भएको छ । 

 त्यसअघि सभामुख देवराज घिमिरेले आफूहरूले बनाएको नियमावलीअनुसार बैठकलाई मर्यादित ढंगले सञ्चालनमा सघाउन सांसदहरूसँग अनुरोध गर्नुभएको थियो । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : २३ बजे