‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पाँच लाख ठगी गरेको अभियोगमा महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै रु. ५ लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बानेश्वर बस्ने २७ वर्षीया दीपा चन्द रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाउने भनी पीडितबाट रु. ५ लाख ३५ हजार रकम लिएपश्चात् विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितले दिएको जाहेरी दरखास्तअनुसार उनलाई पक्राउ गरिएको हो ।”

भक्तपुरको ठिमीबाट पक्राउ परेकी चन्दलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ४४ बजे