‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दबाब थेग्न नसकेपछि मधेशका आठ राज्यमन्त्री बर्खास्त 

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ राज्यमन्त्रीलाई हटाउनुभएको छ।  ।

 जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधेपछि मुख्यमन्त्री सिंहले मंगलबार आठ राज्यमन्त्रीलाई हटाउनुभएको हो  ।

उहाँले  संघीय सरकारमा झैँ २० जनाको मन्त्रिपरिषद गठन गर्नुभएको थियो  । आठ जना राज्यमन्त्री हटाएपछि १२ जनाको मन्त्रिपरिषद् भएको छ ।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामबाबु यादव, जनमतका शम्भुकुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गर्नुभएको  थियो ।

यसअघि नै उहाँको मन्त्रिमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खङलाई राज्यमन्त्री नियुक्त गरिसक्नुभएको थियो ।  

मुख्यमन्त्री सतिशकुमा सिंहले ठुलो मन्त्रिपरिषद् गठन गरेका कारण मधेश प्रदेश सरकार अस्तव्यस्त भएको छ। त्यसैकारण अहिले मधेशका मन्त्रालयमा सरकारी काम नहुँदा सेवाग्राहीले हैरानी खेप्नुपरेको गुनासो बढ्न थालेको छ । 

मुख्यमन्त्री सिंहले  मधेशमा मन्त्रीहरूको संख्या बढेपछि मन्त्रालयहरूमा काम समेत भद्रगोल बनेको एक सेवाग्राहीले बताए । सरकारप्रति बढ्दो असन्तुष्टिका कारण कर्मचारी समेत मन्त्रालयमा उपस्थित हुन छोडेका छन् । 
मुख्यमन्त्री सिंहले ठुलो मन्त्रिमण्डल गठन गरेको भन्दै त्यसको विरोध अहिले राजधानी जनकपुरमा दैनिक आन्दोलन हुँदै आएको थियो । दैनिक आन्दोलनक क्रममा  मन्त्रिपरिषद् ठुलो भएको विरोधमा कुर्सी जुलुसदेखि धर्ना घेराउलगायत आन्दोलन भइरहेको छ ।  

नागरिक समाज र विद्यार्थीहरूले आन्दोलनका अगुवाइ गरिरहेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले त प्रदेश सरकारमा मन्त्रीको संख्या उपयुक्त हुने गरी नघटाएसम्म आन्दोलन जारी रहने घोषणा गरेको छ । 

जनमत पार्टीको केन्द्रले मन्त्रिपरिषद् ठुलो बनाएको विषयमा मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेको छ तर सिंहले अहिलेसम्म त्यसको जवाफसमेत नदिएको स्रोतले बतायो । 
 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ३७ बजे