साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक पनि सकारात्मक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसो त यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ८१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९दशमलव ८६ प्रतिशत, कुल आम्दानी १२ दशमलव ३४ प्रतिशत, कुल दाबी भुक्तानी १२ दशमलव ६५ प्रतिशत, कुल खर्च ११ दशमलव ५८ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८ दशमलव ९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ । हाल इन्स्योरेन्सको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ३४ बजे