‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चीनको लगानी र विकास मोडल नेपालका लागि अति आवश्यक छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको लगानी र आधुनिक विकासको मोडल नेपालका लागि अति आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँमा नेपाल–चीनमैत्री समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले अहिले नेपालको आर्थिक संकुचन व्यापार घाटाको अवस्थामा छिमेकी मुलुकहरूको आर्थिक वृद्धिको लाभ नेपालले लिन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “यतिखेर मुलुकको आर्थिक संकुचन र व्यापार घाटामा स्वाभाविक रूपमा छिमेकी मुलुक चीनको प्रभाव छ । व्यापार असन्तुलनले मुलुकको अर्थतन्त्र प्रभावित छ । यतिखेर छिमेकी मुलुकहरू जुन आर्थिक वृद्धिदरमा अगाडि बढेको छन् । त्यसको लाभ हाम्रो मुलुकले लिन आवश्यक छ ।” 

मन्तव्यकै क्रममा उहाँले आज नेपाल र चीनको सम्बन्ध त्यसका आयामहरू परिवर्तनको सम्बन्धमा यसको सान्दर्भिकताको महत्त्व अझ बढेर गएको बताउँदै थप्नुभयो, “आज नेपाल र चीनको सम्बन्ध त्यसका आयामहरू परिवर्तनको सम्बन्धमा यसको सान्दर्भिकताको महत्त्व अझ बढेर गएको छ ।” 
 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : १४ बजे