साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुनको मूल्य अकासियो, तोलाकै डेढ लाख बढी

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै नेपाली बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन रु एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्यभने स्थिर छ ।  आज प्रतितोला चाँदी रु. १ हजार ७४० मा कारोबार भइरहेको महासंघले बताएको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : २२ बजे