‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

युवा दिवस : युवाले सही तरिकाले डिजिटल मिडियाको प्रयोग गर्नुपर्ने 

काठमाडौँ । डिजिटलाइजेशनको कारणले युवाहरूको राजनीतिकमा सक्रियता बढेको बताइएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपालको साइवर सर्कल विभागले यहाँ आयोजना गरेको ‘नेपालको राजनीतिमा युवा र आजको डिजिटल प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले डिजिटलाइजको प्रयोग नगरीकन युवालाई राजनीतिकमा सक्रिय गराउन नसकिने बताएका छन् । 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा संघका इन्चार्ज राजीव पहाडीले सामाजिक सञ्जालमार्फत नै युवाहरू राजनीतिकमा आएको भन्दै तर त्यही सामाजिक सञ्जालले पनि राजनीतिकमा विकृति ल्याइरहेको बताउनुभयो । उनले युवाहरूले सही तरिकाले सामाजिक सञ्जालको प्रयोग गरेर आफ्नो कुरा व्यक्त गर्नुपर्ने बताउनुभयो  । 

युवा संघका अध्यक्ष क्षितिज थेबेले राजनीतिक दल डिजिटल मिडियामा अपडेट हुनुपर्ने भन्दै डिजिटल मिडियालाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले एक जना मानिसले आफ्नो गाउँ ठाउँ, समाज, पर्यटनको सूचना प्रभावको माध्यम टिकटकलाई बनाइरहेको भन्दै सरकारले चाँडै नै टिकटकलाई  कानुनी दायरमा ल्याएर खुलाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा एमाले बागमती प्रदेश सचिव नवराज सिलवालले डिजिटलाइजेशनबाट युवाहरूमा विकृति आएको भन्दै डिजिटलाइजेशनलाई कसरी फाइदामुखी बनाउने भन्ने रहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोग सही तरिकाले नभएर ठगी भइरहेको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार बविता बस्नेतले आर्टिफिसियन इन्टिलिजेन्ट (एआई)को अवधारणा संचार मन्त्रालयले ल्याएको भन्दै तर त्यसमा धेरै चुनौतीका र  अवसर कम रहेको बताउनुभयो । उहाँले एआईको प्रयोग गरेर युवाले काम पाइरहेका बताउनुभयो । 

उहाँले साइबर क्राइममा हिंसाका घटना बढ्ने गरेको उल्लेख गर्दै अबको दुई वर्षमा सबभन्दा बढी हिंसा डिजिटल हिंसा हुने गने बताउनुभयो ।

काठमाडौँ पोलिसि हाउसका किरण चापागाईँले सामाजिक सञ्जालमा धेरै गलत सूचना प्रवाह हुने गरेकोले युवा वर्ग सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जाललाई नियमन गर्ने छुट्टै कानुन आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनमा पनि मिथ्या सूचना प्रवाह हुने गरेकोले रोक्नुपर्नेमा जोड दिनुभयो । 

कार्यपत्र प्रस्तुत गर्दै श्रीराम अधिकारी सामाजिक सञ्जालका कारणले युवाहरू नै गलत सूचना, अनलाइन ठगी जस्तामा पर्ने  गरेको बताउनुभयो । 

उहाँले युवटुवर नभई ठूला मिडियाले पनि गतल सूचना प्रवाह गरिरहेको बताउनभयो । उहाँले नेपाल साइबर सेक्युरिटी ९४ औँ तहमा रहेकाले चुनौती रहेको बताउनुभयो । सामाजिक सञ्जालमा आएका सूचनालाई कुन ठिक र कुन बेठिक भन्ने छुट्टाएर आफूले लिनुपर्ने सुझाव दिनुभयो । 

साइवर सर्कलका उपप्रमुख समुन्द्र तिमिल्सेनाले सामाजिक सञ्जालको माध्यमबाट युवाहरूलाई कुलतको बाटो लाग्ने गरेको भन्दै युवालाई सही तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ४१ बजे