‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बैद्य नेतृत्वको पार्टीमा अर्को   विद्रोह

काठमाडौं । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित अवस्थामा पुगेको छ ।

पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेजविक्रम शाही (अर्जुन), इन्दिरा अधिकारी (वर्षा) ,हरिब खाँ (विशाल) क.शिलु न्यौपाने (रोशी), सुनिता बुढाथोकीलगायत नेताले एक विज्ञप्ति निकाल्दै पार्टी विभाजन भएको संकेत गरेका छन् । 

वैद्यको पार्टी भित्रका सशक्त भूमिका खेल्ने युवाहरूले नै पार्टी विभाजन गरेपछि अब त्यो पार्टीको अवस्था के होला भन्ने प्रश्न खडा भएको छ। पुराना नेताहरूले युवा नेताहरूको चाहना नबुझी पार्टी संगठनलाई कछुवाको गतिमा अगाडि बढाउनु र युवाहरूलाई नेतृत्व दिन नचाहनु पनि पार्टी फुटको प्रमुख कारण हो ।   

कार्यक्रम र कार्यदिशाहरूको वैज्ञानिक संश्लेषण, एकताबद्ध र जुझारु कम्युनिस्ट पार्टी निर्माण एवं कम्युनिस्ट पार्टीको नेतृत्व तथा सर्वहारा वर्ग र उत्पीडित  समुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी कार्यभारसहित स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनाको कार्यभार रहेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।

निरन्तर क्रान्तिको सिद्धान्त अनुरूप सर्वहारा वर्गको अधिनायकत्वमा साम्यवादमा पुग्ने लक्ष्य रहेको बताइएको छ।

त्यस्तै गम्भीर र संकटपूर्ण अवस्थाबाट पार्टी जीवनको रक्षा एवं एकता महाधिवेशनका ऐतिहासिक कार्यभारहरू सम्पन्न गर्नका निम्ति मोहन वैद्य (किरण) गुटको जारी बैठक स्थगन गरी नयाँ आधारमा नयाँ सहमतिद्वारा पार्टीलाई एकताबद्ध गर्न हामीले घनिभूत प्रयत्नहरू गरे पनि सफल नभएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ।

परन्तु पार्टीको मूल नेतृत्वले आन्तरिक पार्टी जनवाद र अधिकारहरू कुण्ठित गरेर कथित सहमतिको आवरणमा विकल्प राजनीतिक प्रस्ताव र हाम्रा असल प्रयत्नहरूविरुद्ध चक्रव्यूहको रचना गरी नोकरशाही केन्द्रीयताद्वारा निषेध गर्ने दुस्साहस गरिएको उल्लेख गरिएको छ।

यसरी विज्ञप्ति निकाल्नेमा सचिवालय सदस्य संकूल, भाष्कर, वसन्त, अर्जुन आयोजक समिति सदस्य वर्षा विशाल, रोशी र सुनिता  छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : ०३ बजे