‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चीनसँगको व्यापारिक सडक जीर्ण, कन्टेनर दुर्घटनामा चालक घाइते

काठमाण्डौं । रसुवा नाका टिमुरे हुँदै चीनको केरुङ सामान लिन हिँडेको ट्रक कन्टेनर रसुवा जिल्लाको ग्राङ  मुलखर्कमा दुर्घटना भएकोछ । दुर्घटनामा चालक सार्की शेर्पा घाइते भएका छन् । 

सोमबार बिहान ६ बजे धुन्चे नजिकै मुलखर्कको सडकबाट करिव ५ सय मिटर गहिरोमा कन्टेनर खसेको हो । बा २ ख १७९३ नम्बरको कन्टेनर काठमाडौँबाट चीन जाँदै गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाई सचिव पुरुषोतम हुमागाईंले जानकारी दिए । 

पहाडी बाटो, साँघुरो र जीर्ण सडकका कारण कन्टेनर दुर्घटनामा परेको सचिव हुँमागाईले बताए । दुर्घटनामा परि चालक शेर्पाको टाउको, पेट र खुट्टामा गम्भिर चोट लागेकोछ भने दाइने हात भाँचिएको हुमागाँइले बताए । 

रसुवाको टिमुरे नाका हुँदै चीनको केरुङसम्म मालसामान ढुवानीमा करिव ९ सय कन्टेनरहरु सञ्चालनमा रहेकाछन् । तातोपानी नाकाको विकल्पका रुपमा हेरिएको टिमुरे नाकाबाट मालसामान ढुवानी भइरहेको भएपनि सडकको स्तरोन्नती नहुँदा र सडक विस्तार हुन नसक्दा सामान आयात कस्टकर भएकोछ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : १३ बजे