साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न चार्टर उडान हुँदै 

काठमाडौँ । रुप्से होलिडेज परिवार नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न दुई वटा चार्टर उडान गरिँदै छ । 

यसअघि पनि चार्टर उडानमार्फत नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गरिएकामा दसैंलगत्तै थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्न लागेको होलिडेजले हिजो प्रकाशित विज्ञप्तिमा जानकारी दिएको छ । 

आगामी असोज ३० गते अर्थात् अक्टोबर १६ बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले विज्ञप्तिमा जनाउनुभएको छ ।

विज्ञप्तिका अनुसार भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तय भएको छ । 

त्यसैगरी नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेजमा राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा घुमाइने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र भियतनामबीच सिधा उडान नभएको र अन्य देश भएर भियतनाम जाँदा धेरै खर्च हुने भएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो पर्ने होलिडेजले दाबी गरेको छ ।

भियतनाम भ्रमणका लागि सम्पूर्ण खर्च १ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको विज्ञप्तिमा छ ।

भियतनाम टुरका पहिलो दिन हानोई पुगेर थ्री स्टार होटलमा राखिने र दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुको भ्रमण गराइने, तेस्रो दिन अर्को गन्तव्य हा लोङ बे मा क्रुज सफारी हुने, चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइने विज्ञप्तिमा उल्लेख छ । 

एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकले १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : २३ बजे