साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कुवेतमा पुनः सिधा उडान गर्दै हिमालय एअरलाइन्स

काठमाडौं । हिमालय एअरलाइन्सले कुबेतमा पुनः सिधा उडान गर्दै छ । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स हिमालयले आउँदो अगस्ट २० देखि कुवेत सीधा उडान पुनः सुरु गर्ने भएको हो ।

यात्रुहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धता देखाउँदै एअरलाइन्सले कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको मागलाई सम्बोधन गर्न सीधा उडान पुनः सञ्चालन गर्न लागेको जनाइएको छ ।

पुनः सुरु गरिएको उडानले एअरलाइन्स्को दुई राष्ट्रका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जीएसए) पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ । सुरुवातमा काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने कम्पनीले जनाएको छ । मागका आधारमा उडानहरू थप्ने योजना बनाएका कम्पनीले जनाएको छ ।

काठमाडौँ–कुवेत उडान (एच९, ५७१), काठमाडौँबाट स्थानीय समय अनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

त्यसैगरी कुवेत–काठमाडौँ उडान (एच९, ५७२), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११ः५० मा काठमाडौँ अवतरण गर्ने एअरलाइन्सको तालिका छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ३६ बजे