‘एउटै नाउरको सिकार गर्न २३ लाख’

१८ देशका राजदूतको सुनुवाइ भोलिदेखि

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको भोलिदेखि सुनुवाइ हुँदै छ ।

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबारदेखि सुरु हुन लागेको हो ।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो सुनुवाइ प्रक्रिया संघीय संसद् सचिवालयमा हुने छ । सुनुवाइ दिउँसो १२ः३० बाट सुरु हुने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ३४ बजे