साफ यू–१७ च्याम्पियनसिप आजदेखि

निओ मनी ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु

काठमाडौँ । निओ मनी ट्रान्सफरले कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्जसँग सहकार्य गरी कुवेतमा रहेका नेपालीलाई स्वदेशमा सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्ने व्यवस्था मिलाएको जनाएको छ । 

वैदेशिक रोजगारीमध्ये नेपालीको रोजाइको गन्तव्य कुवेतमा कार्यरत हजारौँ नेपालीले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाहरू बाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्ने मनी ट्रान्फरले जनाएको छ ।

आधुनिक प्रविधियुक्त निओ मनी ट्रान्सफरफार्फत छिट्टै सेवाग्राहीको खातामा रकम जम्मा हुने कम्पनीले जनाएको छ । मनी ट्रान्फरका अनुसार नगदमा पठाइएको रकम कम्पनीका नेपालभर रहेका १५ हजारभन्दा शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिने छ ।

नयाँ सहकार्यबारे निओ मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो, “हामी अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जसँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न बिदेसिएका नेपाली प्रवासीहरूको भावनालाई कदर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।”
 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ५० बजे