‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एक करोड वृक्षरोपण गर्न वन मन्त्री शाहीको निर्देशन 

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरिमा करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिनुभएको छ । 

मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षरोण सञ्चालन गर्न  प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय  निकुञ्ज तथा आरक्षण कार्यालय र देशभरका ७५३ वटा स्थानीय तहरूमा करिब एक करोड वृक्षरोपण सञ्चालन गर्न वनमन्त्री शाहीले निर्देशन दिनुभयो ।

मनसुन अवधिमा देशभर करिब एक करोड वृक्षरोपण गर्ने मन्त्रालयको लक्ष्य रहेको उहाँको भनाइ छ । उक्त वृक्षरोपण कार्यमा प्रभावकारी भूमिका निर्वाहका लागि सबै निकायले आआफ्नो क्षेत्रमा वृक्षरोपण कार्यक्रम सञ्चालनका लागि वन तथा वातावरण मन्त्रालय माताहतका निकायलाई अनुरोध गर्ने निर्णय भएको उहाँको भनाइ छ । 

पछिल्लो २०० वर्षमा मिथेन नाइट्रस अक्साइड कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्यास विनाश गर्ने क्लोरोफोलोरो कार्बनजस्ता अन्य विषाक्त ग्यास उत्सर्जन दिनप्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको मन्त्रीको भनाइ छ ।

मन्त्री शाहीका अनुसार हरित ग्यास वृद्धिका प्रमुख स्रोतहरूमा वन जंगल विनाश, कोइला खनिजजन्य इन्धनको अत्यधिक प्रयोग तथा औद्योगीकरण क्रियाकलाप पर्ने गरेका छन् । 

जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवनको सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटन विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्‍याउन थालेको मन्त्रीको भनाइ छ । 

मन्त्री शाहीले अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुक्खा जस्ता प्राकृति विपत्तिको मारमा मानव बस्ती जोखिममा पर्न थालेको हुँदा त्यसको न्यूनीकरणका लागि बृहत् वृक्षरोपण गरी हरियाली बढाउन जरुरी देखिएको बताउनुभयो ।  

“जलवायु परिर्वनको सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्र्सजन हुने ६० प्रतिशत कार्बनडाइअक्साइड वन जंगलले सोस्ने गर्दछ,” मन्त्री शाहीले भन्नुभयो, “यसको प्रभाव घटाउन हामी जंगल बढाउन र काठमा आत्मनिर्भर रहन प्रयास गर्नुपर्छ ।”

प्रत्येक घर, कार्यालय अगाडि कम्तीमा एउटा मात्र रुख रोप्न सकियो भने हामीलाई धेरै लाभ हुने बताउँदै मन्त्री शाहीले सडकको दायाँबायाँका किनारमा वृक्षरोपणलाई अभियानका रूपमा लैजानुपर्ने बताउनुभयो । त्यसपछि मात्र हरियो वन जंगलले गाउँ सहरको शोभा बढाउने र हरियो वन नेपालको धन भन्ने मूल नारा सार्थक हुने उहाँको भनाइ छ । 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : ४५ बजे