देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

दश टन चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा

बरहथवा (सर्लाही) ।  सर्लाहीमा प्रहरीले रु‍. ७ लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । 

आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो । बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ । ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । 
 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ३८ बजे