देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पेरिस ओलम्पिक सम्पन्न : कुन देशले कति पदक जिते ?

काठमाडौं । खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गएराति सम्पन्न भएको छ । पेरिस ओलम्पिकमा ९१ देशले पदक जितेका छन् । गएराति सम्पन्न पेरिस ओलम्पिकमा शरणार्थी टिमसहित २०५ देशले भाग लिएकोमा ६३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ९१ देशले पदक जितेका छन् ।

पदक तालिकामा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्य पदक जितेर शीर्ष स्थानमा रह्यो ।

त्यस्तै, अमेरिकालाई पछ्याउँदै चीन ४० स्वर्ण, २७ रजत र २४ कास्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो भने अस्ट्रेलिया १८ स्वर्णसहित १९ रजत र १६ कास्य पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै, आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्य पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी, नेदरल्याण्डसले १५ स्वर्ण ७ रजत र १२ कास्य पदकसहित छैठौं स्थानमा रहेको छ भने ग्रेट ब्रिटेन १४ स्वर्ण, २२ रजत र २९ कास्य पदकसहित सातौँ स्थानमा रहेको छ ।

त्यस्तै, दक्षिण कोरियाले १३ स्वर्ण, ९ रजत र १० कास्य पदक जितेको छ भने इटालीले १२ स्वर्ण, १३ रजत र १५ कास्य पदक जितेको छ । जर्मनीले १२ स्वर्ण, १३ रजत र ८ कास्य पदक जितेको छ भने न्यूजील्याण्डले १० स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेको छ । क्यानडाले ९ स्वर्ण, ७ रजत र ११ कास्य पदक जितेको छ भने उज्बेकिस्तानले ८ स्वर्ण २ रजत र ३ कास्य पदक जितेको छ ।

त्यसैगरी, हंगेरीले ६ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको छ भने स्पेनले ५ स्वर्ण ४ रजत र ९ कास्य पदक जितेको छ । स्विडेन, केन्या, नर्वे र आयरल्याण्डले ४-४ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, इरान, युक्रेन, रोमानिया, जर्जिया, बेल्जियम, सर्बिया र चेक रिपब्लिकले ३-३ स्वर्ण पदक जितेका छन् ।

त्यस्तै, डेनमार्क, अजरबैजान, क्रोसिया, क्युबा, बहारान, स्लोभेनिया, चाइनिज ताइपेइ, अस्ट्रिया, हङकङ, फिलिपिन्स, अल्जेरिया, इन्डोनेसियाले २-२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, इजरायल, पोल्याण्ड, काजकिस्तान, जमैका, दक्षिण अफ्रीका, थाइल्याण्ड, इथोपिया, स्वीजरल्याण्ड, इक्वेडर, पोर्चुगल, ग्रीस, अर्जेन्टिना, इजिप्ट, ट्युनिसिया, बोट्सवाना, चिली, सेन्ट लुसिया, युगाण्डा, ग्वाटेमाला, मोरक्को, डोमीनिका, पाकिस्तानले एकएक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी टर्की, मेक्सिको, अर्मेनिया, कोल्मबिया, काजकिस्तान, उत्तर कोरिया, लिथुआनिया, कोसोभो, साइप्रस, फिजी, जोर्डन, मंगोलिया, पानामा, ताजकिस्तान, अल्बानिया, ग्रेनाडा, मलेसिया, पुरेटो रिको, काबो भेर्डो, रिफ्युजी ओलम्पिक टिम, पेरु, कतार, सिंगापुर, स्लोभाकिया र जाम्बियाले पेरिस ओलम्पिकमा पदक जितेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : २२ बजे