साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बंगलादेशमा अल्पसंख्यक विरुद्धको हिंसाको विरोधमा लण्डनको संसद बाहिर प्रदर्शन

लण्डन ।  यस साताको सुरुमा पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि बंगलादेशमा अल्पसंख्यक समुह विरुद्ध भएको हिंसाको विरोधमा शनिबार लण्डनको संसद भवन बाहिर प्रदर्शनकारीहरु भेला भएका छन् । 

बंगलादेशमा हाल हिंसामा वृद्धि हुँदै जाँदा प्रदर्शनकारीहरुले शान्ति र समानताको माग गर्दै नारा लगाएका थिए। 

प्रदर्शनमा विभिन्न मानव अधिकार संगठनका कार्यकर्ता, बंगलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूको सहभागीता रहेको थियो । 

बंगलादेशका एकजना प्रदर्शनकारी उनादीले बंगलादेशी अल्पसंख्यक हिन्दूमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसंख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताउनुभयो । 

“हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकुन्। तर अहिले हामी बहुसंख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौं”, उनादीले भन्नुभयो ।  

“जनताको मानसिकता परिवर्तन गर्नुपर्छ ताकि हामी शान्तिपूर्वक बाँच्न सकौँ । अहिलेको आधुनिक समयमा  सबै समुदायहरू शान्तिपूर्वक बाच्नुपर्छ । हामी सबै समान छौँ”, उहाँले बताउनुभयो । 

बेलायतको बंगली क्रिश्चियन एसोसिएसनका एकजना प्रदर्शनकारीले सबै समुदायलाई समान व्यवहारको आवश्यकतालाई जोड दिनुभयो । 

बहुसंख्यक समुदायको अत्याचारका कारण बंगलादेशी अल्पसंख्यकहरू देश छाडेर भाग्न बाध्य भइरहेका अर्का प्रदर्शनकारीले जनाएका छन् ।

“विगत पाँचदेखि छ दिनदेखि बंगलादेशमा अल्पसंख्यकहरुले भोग्नुपरेको हिंसाको विरुद्धमा हामी यहाँ भेला भएका छौँ । उनीहरूले हामीबाट हाम्रो देश खोस्न सक्दैनन्, हामीलाई निर्वासित गर्न सक्दैनन्। हामी हाम्रो देशमा सुरक्षित र शान्तिपूर्वक बाँच्न चाहन्छौँ। अल्पसंख्यकहरू विरुद्धको हिंसा रोक्नुपर्छ ”, उहाँले भन्नुभयो । 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ५९ बजे