साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल घर मस्कटमा परराष्ट्रसचिवको अन्तरक्रिया

काठमाडौँ । नेपाल र ओमानबीचको दुईपक्षीय संयन्त्रको पहिलो बैठकमा भाग लिन ओमान पुग्नुभएका परराष्ट्र सचिव सेवा लम्सालले शुक्रबार ओमानस्थित नेपाली संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूसँग नेपाल घर मस्कटमा अन्तरक्रिया गर्नुभयो ।

अन्तरक्रियामा सहभागीहरूले व्यक्तिगत मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, नेपाली श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापन, पर्यटन, व्यापार, लगानी, ओमानमा नेपालीहरूका लागि रोजगार, नेपाल–ओमानबीच सीधा हवाई उडान लगायत विषयमा राय, सुझाव तथा जिज्ञासा राख्नुभएको थियो । 

सहभागीहरूले उठाउनुभएको विषयमा जवाफ दिँदै परराष्ट्र सचिवले मध्यपूर्व एसियामा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूको हित संरक्षणका लागि नेपाल सरकारले गरेको प्रयासबारे प्रकाश पार्नुभएको थियो । 

समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार सम्बन्धमा सहभागीहरूबाट प्राप्त सुझावलाई समावेश गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै सचिव लम्सालले राय–सुझावका लागि सबैजनाप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले नेपाली राजदूतावासले गरेको कामको प्रशंसा गर्दै नेपाली समुदायको हित प्रवर्द्धनमा थप अग्रसर हुन निर्देशन दिनुभयो । 

अन्तरक्रिया कार्यक्रममा राजदूत अर्याल लगायत राजदूतावासका कर्मचारीहरू, नेपालबाट आउनुभएका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख शरदराज आरण, शाखा अधिकृत उद्धव न्यौपानेलगायतको उपस्थिति थियो ।
 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : ०२ बजे