साफ यू–१७ च्याम्पियनसिप आजदेखि

शिवम् सिमेन्टको नाफामा उच्च गिरावट 

काठमाडौं । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सो सिमेन्टको नाफामा उच्च गिरावट आएको कुरा  प्रकाशित सूचनामा जनाएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको उक्त अवधिमा नाफामा उच्च गिरावट भएको पाइएको छ । जसअनुसार कम्पनीको खुद नाफा ५७.९३ प्रतिशतले घटेको हो ।

त्यसो त गत आवमा कम्पनीको खुद नाफा २५ करोड २ लाख रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा ५९ करोड ४७ लाख रुपैयाँ थियो ।

जसका कारण कम्पनीको बिक्री र अन्य आम्दानी घटेकाले लागत  बढेको छ । कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७० करोड रुपैयाँ देखिन्छ भने बिक्री लागत अघिल्लो आर्थिक वर्ष ६ अर्ब ४६ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६७ करोड रुपैयाँ छ ।

अन्य आम्दानी पनि अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँ रहेकोमा गत आवमा १९ करोड ८५ लाख रुपैयाँमा झरेको छ ।

साथै कम्पनीको प्रशासनिक खर्च र अन्य खर्च पनि बढेको छ । त्यसैगरी,वित्तीय खर्च अघिल्लो आवमा ९ करोड ६६ लाख रहेकोमा गत आवमा यो ४ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४५.४१ प्रतिशत घटेको छ । नाफाघटेका कारण कम्पनीको प्रतिशेयर आम्दानी(ईपीएस) पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८.५४ रुपैयाँ घटेर ४.९८ रुपैयाँमा झरेको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ५६ बजे