‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेप्से परिसूचक ७३ अंकले बढ्यो

काठमाडौँ – ​​​​​​​सेयर कारोबार मापक नेप्से परिसूचक आज ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ अंकमा पुगेको छ । 

आज सेयरबजार कारोबार रकम ८ अर्ब भन्दा माथि भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बीमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सवइन्डेक्स बढेको छ ।

आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ । धेरै गुमाउनेको शीर्ष सथानमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड देखिएको छ । यसैगरी ओरियण्टल होटल एनबीबीएल डिबेञ्चरको धेरै घटेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ४२ बजे