साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पेरिस ओलम्पिक समापन हुँदै, यी हुन् सबैभन्दा बढी पदक जित्ने १० देश (सूचीसहित)

फ्रान्स । पेरिस ओलम्पिकको समापन समारोह आज हुँदै छ । 

एक रोमाञ्चक खेलहरूको मनोरञ्जनात्मक प्रस्तुति दिएर सो समारोहको अन्त्य गरिनेछ ।

सो समापन समारोह पेरिसको स्थानीय समय अनुसार करिब  साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ । टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ।

अर्को ओलम्पिक खेल लस एन्जल्स अमेरिकामा २०२८ मा हुनेछ । 

यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो नम्बरमा छ भने एसियाका जापान र दक्षिण कोरिया पद जीत हासिल गर्ने उत्कृष्ट १० मा परेका छन् भने अफ्रिका र दक्षिण अमेरिकाका देश भने शीर्ष १० मा अटाउन असफल भएका छन् । 

हालसम्मको नतिजा अनुसार सबैभन्दा बढी स्वर्ण पदक जितेर चीन पहिलो स्थानमा छ । उसले ३९ स्वर्ण, २३ रजत र २४ कास्य पदकसहित ९० वटा पदक जितेर पहिलो स्थानमा छ । 

दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण जित हासिल गरेको छ भने ४२ रजत र ४२ कास्य गरी उसले १२२ वटा पदक जितिसकेको छ । पदक संख्याको हिसाबले अमेरिका पहिलो स्थानमा छ । 

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले ५० वटा पदक जितको छ । जसअनुसार १८ स्वर्ण, १८ रजत र १४ कास्य पदक रहेका छन् भने चौथों स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित ४३ पदक जीत हासिल गरेको छ । 

६२ पदकसहित पाँचौं स्थानमा रहेको फ्रान्सले १६ स्वर्णसहित २४ रजत र २२ कास्य पदक जीत हासिल गर्न सफल भएको छ  । आयोजक फ्रान्स पछि छैटौँ नम्बरमा रहेको बेलायतले १३ स्वर्ण, २२ रजत र २७ कास्यसहित ६३ पदक जितेको छ ।

सातौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ८ कास्य पदकसहित कुल ३० पदक जीत हासिल गरेको छ भने आठौँ नम्बरमा रहेको नेदरल्याण्डले १३ स्वर्णसहित ७ रजत र १२ कास्य गरी ३२ पदक जीत हासिल गरेका छन् ।

जर्मनी कुल ३१ पदकसहित नवौं स्थानमा रहेको छ, जसले १२ स्वर्ण, ११ रजत र ३ कास्य पदक जितेको छ भने १० औं स्थानमा रहेको इटालीले ११ स्वर्ण, १३ रजत र १५ कास्यसहित ३९ पदकमा विजयी हासिल गरेका छन् । 

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : ५१ बजे