साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगलादेशमा बढ्दो संकट : प्रधानन्यायाधीश पछि थप पाँच न्यायाधीशले पनि दिए राजीनामा

ढाका । प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन् ।

ढाका ट्रिब्युनका अनुसार यसरी राजीनामा दिने न्यायाधीशहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्धिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन् ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन् । न्यायाधीशहरुले हिजाे साँझ कानुन मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यस अघि हिजाे दिउँसो २ः३० बजे कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो । विद्यार्थीहरुले सर्वोच्च अदालत घेराउँ गरेर पछि प्रधानन्यायाधीश हसनले राजीनामा दिन बाध्य भएका हुन । विद्यार्थीहरुले थप पाँच जना न्यायाधीशले पनि राजीनामा दिनु पर्ने सर्त राखे पछि हसन पछि थप पाँच जना न्यायधिसले राजीनामा दिएको बंगलादेशका मिडियाले जनाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ११ : ४२ बजे