साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

डेंगी र हैजाका संक्रमित बढे

काठमाडौँ ।  पछिल्लो समय डेंगी र हैजाका संक्रमितको संख्यामा वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी  संक्रमितको संख्यामा तीन हजार ८४ जना पुगेको छ ।  चार दिनयता सात सय २२ जना डेंगी  संक्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेंगी पुष्टि भएको थियो ।  यो संख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगी   संक्रमण फैलिएको छ । सबभन्दा बढी डेंगी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेंगी   संक्रमित देखिएका छन् । 

स्वास्थ्य मन्त्रालयले डेंगी  संक्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । ‘सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

४७ मा हैजा पुष्टि

यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका संख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताउनुभयो ।  उहाँका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्युठानमा दुई  र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  २ : ११ बजे