साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

झापामा डेंगीको संक्रमणबाट एक शिक्षिकाको मृत्यु

काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ ।

हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा निधन भएको हो ।

महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई बीएन्डसी अस्पताल लगिएको थियो । उहाँको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १२ : ०१ बजे