‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

‘आफैतिर फर्किए ओलीलाई ठड्याइएका माधवका औँला’

​​​​​​​काठमाडौं। शनिवार  बिहानै  धुम्बाराही चोकमा मर्निङवाकमै भेटिए कुसुम कार्की। भरखरै मात्र नेकपा एस पार्टी छोडेको  घोषणा गरेका उनी प्रफुल्ल मुद्रामा थिए। पार्टी छोड्दा पनि यति खुसी ? यो प्रश्न भुईँमा खस्न नपाउँदै उनको जवाफ थियो  – ‘समयले  एउटै कुराले कहिले खुसी र कहिले दुःखी बनाउँछ’। त्यसो भए अहिले तपाई स्वतन्त्र हुनुभएको हो ? उनले स्वीकृतिको भाव दिने गरी मुन्टो हल्लाए। 

त्यसो भए तपाई बल्ल स्वतन्त्र हुनुभयो ? उनको जवाफ थियो –‘त्यसै भन्नप¥यो’। 

मानिसको जीवन रसियन कथाकार आंतोन चेखवको कथा ‘द बेट’ जस्तो रहेछ है ? उनले मुन्टो हल्लाए। 

चेखवको कथामा एकजना मानिसले ठुलो सम्पत्ति र दरबार हात पार्नका लागि १० वर्ष एउटै कोठामा बिताउनेमा बाजी राख्छ । तर १० वर्ष पुग्न ६ महिना बाँकी हुँदा उसले सबै त्यागेर बहिर स्वतन्त्र हुने निर्णय गर्छ र स्वतन्त्रका लागि बाजी हार्न तयार हुन्छ। उसले त्यसपछि ९ वर्ष ६ महिना एउटै कोठामा बिताएर बाजी हारेपछि उसले भन्छ – ‘मान्छेको सबैभन्दा ठुलो सम्पत्ति होइन, स्वतन्त्रता हो’ । 

तपाइको जीवनमा मेल खायो र भन्दा उनी फेरि मुस्कुराए। उनले भने अहिले नेकपा एस छोड्नु पनि त्यस्तै भयो। उनले थप्दै गए – हिजो एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन हिँडियो,  चुनाैतीकाबीच एसमा लागियो। कति साथी भाइ त्यागियो कति जोडियो, यसको हिसाब छैन। तर विद्रोह एउटा सपना थियो । 

सपना पुरा भयो त ? प्रश्न भुईँमा खस्न नपाउँदै उनले ओठ लेपारे। उनले व्यथा पोख्दै गए  – सपना पुरा भएको भए पार्टी कसले छोड्थ्यो र ?  पार्टी त हिजो एमाले पनि छोड्नु भएको हो नि ? त्यसमा उनले स्वीकृति जनाउँदै भने – हिजो एउटा पार्टीबाट अर्को पार्टीमा – नेकपा एसमा गएका थियौँ, विद्रोहको औचित्य साबित होला जस्तो लागेको थियो ? तर नेकपा एसका नेता र पुरै पाटी भित्रको अवस्था हेर्दा मेरो त्यो सपनाको मृत्यु भयो ।  उनी बहकिँदै गए  ‘हिजो ओलीको शैली भएन भनेर पार्टीमा विद्रोह गरेको हो, आज आउँदा  ओलीको विरोध गर्नुको पछाडि कुनै तुक देखिएन’

नेकपा एसको नेतृत्वको कुरा गर्दा उनले बीचमै रोके । ‘हिजो माधव नेपालले ओलीलाई ठड्याएका औला आज उहाँ आफैतिर फर्किएको छ, हाम्रा सपनाको गर्भपतन भएको छ।’ 

अब अगाडि के छ  त योजना ?  उनले अगाडि थपे  – ‘साथीहरूसँग छलफल गरिरहेको छु,नेकपा एसका केही केन्द्रीय सदस्य र जिल्ला तहका साथीहरूसँग निरन्तर छलफल गरिरहेको छु। मैले केही नागरिकका मुद्दा तयार गरेको छु ।’ 

अब एमालेमा नै प्रवेश गर्ने हो भन्ने प्रश्नमा उनी केही बेर उनी मौन रहे। अन्तिममा उनको निष्कर्ष थियो  – गुण्डाको त  एउटा न एउटा ग्याङ हुन्छ,  हामी त सामाजिक र राजनीतिक प्राणी हौँ।’ 

उनी २०४९ सालमा काठमाडौको महाकाल गाविसका अध्यक्ष भएका थिए। २०७४ सालमा एमालेको तर्फबाट उम्मेदवार भएर बागमती प्रदेशसभा सदस्य निर्वाचित भए । त्यसपछि  पार्टी विभाजनमा नेकपा एसतिर लागेका उनी यसबेला  सो पार्टी छोडेर स्वतन्त्र भएका छन् । २०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ को  २ बाट नेकपा एसको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार भएका थिए। तर पराजित हुन पुगे ।  असार १६ देखि सुरु भएको नेकपा एसको महाधिवेशन हुनु अघि सम्म केन्द्रीय सदस्य थिए। उनले नेकपा एस परित्याग गरेको झण्डै एक साता भएको छ ।

उनले अगाडि सारेका नागरिक मुद्धाका केही अंशः

 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ११ : ३३ बजे