‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री अस्वस्थ रहेको भन्ने खबर झुट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्ने समाचार झुट भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आरामका लागि शनिबार राख्नुभएका कार्यक्रम  रद्द गर्नुभएको हो  । ‘अघिल्लो शनिबार पनि उहाँ खासै त्यस्तो कार्यक्रममा सहभागी हुनुभएन, यो पटक पनि अलि आराम होस् भनेर शनिबार कुनै कार्यक्रम राख्नुभएको छैन, अध्ययन र आरामका लागि पनि समय दिनु पर्‍यो नी’प्रधानमन्त्री ओलीको निजी सचिवालयका एक सदस्यले चक्रपथलाई बताउनुभयो ।  

यसअघि केही समाचार माध्यमहरुले प्रधानमन्त्री ओली अस्वस्थ हुनुभएको र सबै कार्यक्रमहरु रद्द गरेको भन्दै समाचार प्रकाशन गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले भने नितान्त अध्ययन र आरामका लागि शनिबार कुनै कार्यक्रम नराखिएको र प्रधानमन्त्री ओलीको स्वास्थ्यमा त्यस्तो कुनै समस्या नरहेको बताएको छ । 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ७ : ५५ बजे