‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अनेरास्ववियु कानून विभागले मुर्ट कोट प्रतियोगिता आयोजना गर्ने 

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कानून तथा संघीय मामिला विभागले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता  आयोजना गर्ने भएको छ। सो विभागले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो । 
 

प्रतियोगिता भदौ   २६ , २७ र २८ गते हुने विभागका प्रमुख गोपाल नेपालले पत्रकार सम्मेलनमा जानकारी दिए।  । नेपालको कानूनी र राजनीतिक परिदृश्यमा नेम्बाङको  महत्त्वपूर्ण योगदानलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको  विभागले जनाएको छ । 

संविधान निर्माण र विधिको शासन कायम गर्न समर्पित नेता स्वर्गीय सुवासचन्द्र नेम्बाङको योगदानलाई सम्मान एवं स्मरण गर्न र  विद्यार्थीहरूमा कानूनी शिक्षा र वकालत गर्ने सीपहरू अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता आयोजना गर्न लागिएको  जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।

बीए, एलएम, एलबी अध्ययन गर्ने वा cध्यापन गराउने प्रत्येक शैक्षिक संस्थाका विद्यार्थीहरू राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगितामा प्रतिस्पर्धा गर्नका निम्ति योग्य हुने आयोजकले जनाएको छ । प्रत्येक शैक्षिक संस्थाले रु. १० हजार दर्ता शुल्कसहित  चारजना विद्यार्थीहरूको एउटा टिम बनाई टिम दर्ता गराउन पनि विभागले सूचित गरेको छ ।

पुरस्कार

​​​​​​​विजेता टोलीलाई रु. ५० हजार र उपविजेतालाई रु. २५ हजार नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएकाे छ ।  साथै, मौखिक बहसमा र बहसनोटको मूल्याकंनमा सबैभन्दा बढी अंक ल्याउने दुवै समूहलाई समेत नगद प्रमाणपत्र  प्रदान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  २ : १७ बजे