सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले स्थायी कमिटी बैठक  बस्दै : पार्टी एकतावद्व भएको सन्देश दिने अपेक्षा

काठमाडौं । नेकपा एमाले थायी कमिटी बैठक आह्वान गरेको छ ।  एकता प्रयासका लागि कार्यदलको बैठक जारी रहेका बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनु भएको हो । 

आज आइतबार ४ बजेका लागि बालुवाटारमा आह्वान गरेको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको छ ।  

आज बस्ने एमालेको बैठकले वार्ता टोलीले गरेको सहमतीलाई  अनुमोदन गर्ने अपेक्षा गरिएको छ । आजको बैठकमा माधव पक्ष गएन भने एमालेको आन्तरिक विवाद थप गिजोलिँएको बुझ्न गाह्रो हुने छैन । 

एमाले केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले यो बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुलाई  बोलाइएको बताउनुभयो ।

उहाँले एमाले २ जेठमा फर्किएपछिको यो स्थायी कमिटी बैठक पहिलो भएको बताउनुभयो । उहाँले यो बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको पुष्टि गनुृभयो । 

तमाङले स्थायी कमिटी बैठक सुरु हुने बेलासम्म कार्यदलले विवाद टुंगो लगाउनेसमेत बताउनुभयो ।
एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक ६ घण्टादेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा जारी छ । नेकपा एमालेका नेताहरु सर्वोच्व अदालतको फैसल्ला अघि एमालेलाई एकतावद्घ गरेर एकताको सन्देश दिन निरन्तर जुटिरहेका छन् । 
 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ४८ बजे