साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगलादेश कलहमा अमेरिकी हात ! सेन्ट मार्टिन टापुमा सैन्य बेस राख्ने चाहनामा हसिनाको असहमति

यो अप्रिल २०२३ को कुरा हो ।

शेख हसिनाले बंगलादेशको संसद्‌मा भाषण दिँदै भन्नुभएकाे थियाे, ‘अमेरिकाले चाहेमा जुनसुकै देशमा सरकार परिवर्तन गर्न सक्छ । यदि उसले यहाँ सरकार बनायो भने त्यो जनताले निर्वाचित गरेको सरकार हुँदैन ।’

हसिनाको बयानको एक वर्ष तीन महिनापछि अगस्ट ५ मा उहाँले सत्ताबाट राजीनामा मात्रै दिनुभएन, देश नै छोड्नुपर्ने अवस्था आयो । उहाँले देश छाडेको तीन दिनपछि बंगलादेशमा बिहीबार राति अन्तरिम सरकार गठन भएको छ । सेनाले यस सरकारको नाम सल्लाहकार परिषद्‌ राखेको छ । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसलाई यसको प्रमुख बनाइएको छ।

यसै क्रममा हसिनाले मोहम्मद युनुसलाई विदेशी एजेन्ट भएको आरोप लगाउनुभएकाे छ । युनुसको अमेरिकासँग राम्रो सम्बन्ध छ । यस्तो अवस्थामा अमेरिकाले हसिनाको सत्ताच्युतमा कुनै भूमिका खेलेको हो कि होइन भन्ने प्रश्न उठिरहेको छ ।

यसका तीनवटा कारण देखिन्छन् :

पहिलो, शेख हसिना र अमेरिकाको पुरानो दुस्मनी

२६ मे, स्थान : बंगलादेश प्रधानमन्त्री निवास । शेख हसिनाले १४ दलको बैठक बोलाउनुभएकाे थियाे  । यसमा हसिनाले भन्नुभएकाे थियाे, ‘बंगलादेश र म्यानमारका केही क्षेत्रहरू तोडेर पूर्वी टिमोर जस्तो ‘क्रिश्चियन देश बनाउने षडयन्त्र रचिएको छ । एक ‘गोरो मानिस’ ले चुनावअघि मलाई प्रस्ताव गरेका थिए कि यदि हामीले अनुमति दिनुप-यो कि हामी उत्तरी  क्षेत्रमा सेनाको बेस बनाउन चाहन्छौं, त्यसपछि कुनै समस्याबिना चुनाव गर्न दिइने छ । ’

शेख हसिनाले त्यो देश र त्यो ‘गोरे मानिस’ को हो ? भनेर खाेल्नुभएन तर शंकाको सुई भने अमेरिका माथि उठ्यो । वास्तवमा, जुन २०२१ मा बंगाली अखबारहरूमा यो दाबी गरिएको थियो कि अमेरिकाले बंगलादेशसँग ‘सेन्ट मार्टिन टापु’ मागेको छ। जहाँ अमेरिका सैन्य आधार शिविर बनाउन चाहन्छ ।

यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसद्‍मा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताउनुभयाे ।

बंगलादेशी राजनीतिमा यति धेरै तरंग मच्चाएको सेन्ट मार्टिन टापु जम्मा ३ वर्ग किलोमिटरको टापु हो । म्यानमारबाट यसको दूरी मात्र ५ माइल मात्रै टाढा छ । जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी दल बीएनपी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताउनुभएकाे थियाे ।

हसिनाका अनुसार सेन्ट मार्टिन भाडामा दिएमा देश चलाउन कुनै समस्या नहुने बताउनुभएकाे थियाे  । तर देशको माटो कुनै विदेशीलाई सुम्पन सकिँदैन । तर, सेन्ट मार्टिनमा भएको कोलाहल पछि अमेरिकाले उक्त टापु अधिग्रहण गर्ने इच्छा नरहेको बताएको थियो ।

अमेरिकाले सेन्ट मार्टिनमा आफ्नो अडान स्पष्ट गरिसकेको थियो तर क्वाडका सम्बन्धमा उसले कहिल्यै बयान दिएको छैन । यद्यपि चीनले पक्कै पनि यसबारे चिन्ता व्यक्त गरेको थियो । अप्रिल २०२० मा चिनियाँ रक्षामन्त्रीले बंगलादेशलाई क्वाडमा सामेल नहुन चेतावनी दिनुभएकाे थियाे । पछि बंगलादेशले यो समूहमा सामेल नहुने स्पष्ट पारेको थियो ।

यसपछि अमेरिका र बंगलादेशबीचको सम्बन्धमा तनाव देखिन थाल्यो । अमेरिकाले डिसेम्बर २०२१ मा बंगलादेशको र्‍यापिड एक्शन बटालियनलाई प्रतिबन्ध लगाएको थियो। यो अर्धसैनिक बल २००३ मा आतंकवाद रोक्न गठन गरिएको थियो तर जो विपक्षी नेताहरूलाई यातना दिन कुख्यात थियो ।

सन् २०२३ मा अमेरिकाले बंगलादेशका धेरै नेतामाथि भिसा प्रतिबन्ध लगाएको थियो । अमेरिकाले बंगलादेशको निर्वाचन प्रक्रियालाई कमजोर बनाउने जो कोहीलाई पनि प्रतिबन्ध लगाउने तर्क गरेको छ । अप्रिल २०२३ मा हसिनाले स्पष्ट रूपमा भन्नुभयाे कि अमेरिका बंगलादेशमा सरकार परिवर्तन गर्न चाहन्छ । अमेरिका र बंगलादेशबीचको सम्बन्ध यस दशकमा कहिल्यै खराब भएको छैन ।

दोस्रो, अमेरिकी अधिकारीहरूले प्रतिपक्षी दलका नेताहरूलाई भेट्दै इन्स्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनालिसिसका अनुसार बंगलादेशमा अमेरिकाको प्रभाव स्थापना हुनुअघि देखि नै रहेको बताए । बंगलादेशको स्वतन्त्रताको संघर्ष चलिरहेको बेला अमेरिकाले पश्चिम पाकिस्तानलाई साथ दिइरहेको थियो । अमेरिका लामो समयदेखि शेख मुजिबुर रहमान र अवामी लिगबीच विवादमा रहेको छ । शेख हसिनाको शासनकालमा अमेरिकासँगको सम्बन्ध सुमधुर रहे पनि त्यति राम्रो थिएन ।

बंगलादेशमा चुनाव हुनुअघि अमेरिकी अधिकारीहरूले विपक्षी नेताहरूसँग भेटघाट गरेको सामान्य खबर आएको थियो । उनीहरूले कट्टरपन्थी संगठन जमाते इस्लामी पार्टीका नेताहरूसँग पनि भेटघाट गरेका थिए । यस्तो अवस्थामा बंगलादेशको परिस्थितिमा अमेरिकाको पनि हात हुन सक्ने अनुमान गरिएको छ । तर, बंगलादेशको अहिलेको अवस्थाको पछाडि अमेरिकाको हात मात्र रहेको दाबी गर्न सकिँदैन । हसिना सरकारको पतनमा बंगलादेशको घरेलु समस्याले पनि ठूलो भूमिका खेलेको थियो ।

तेस्रो,

मोहम्मद युनुस सत्तामा आएपछि अमेरिकालाई फाइदा हुनेछ । प्रियंका सिंहले बंगलादेशमा सरकार परिवर्तन गर्दा अमेरिकालाई फाइदा पुग्ने बताउनुभयाे । मोहम्मद युनुस पश्चिमा देशसँग जोडिनुभएको छ । उहाँले त्यहाँ धेरै काम गर्नुभयो । अमेरिकी प्रणालीसँग धेरै परिचित रहनुभएका उहाँले अमेरिकी हितहरूमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । यदि उहाँलाई अमेरिकाको समर्थन मिलिरहेको छ भने यो धेरै अचम्मको कुरा होइन ।

नोबेल शान्ति पुरस्कार मोहम्मद युनुसले मात्र पाउनुएकाे छ । उहाँलाई प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कार प्रदान गरिएको छ। यो अवार्ड अमेरिकाको प्रतिष्ठित फाउन्डेसन फोर्ड फाउन्डेसनले प्रदान गरेको हो । उहाँको अमेरिकासँगको निकटता कसैबाट लुकेको छैन । हसिना सरकारले ज्यान मार्ने धम्की आएपछि उहाँले अमेरिकी दूतावासमा शरण लिनुभएकाे थियाे ।

अमेरिकाले बंगलादेशको अन्तरिम सरकारलाई पनि सहयोग गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्तिमा भन्नुभएकाे छ, ‘हामी बंगलादेशको अवस्थाको निगरानी गरिरहेका छौं। मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ र हामीलाई लाग्छ कि अन्तरिम सरकारले बंगलादेशमा स्थायित्व र शान्ति स्थापना गर्न सहयोग गर्नेछ । 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : २३ बजे