‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं महानगर कार्यालय नजिकैको सडक भ्वाङ पर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भ्वाङ परेको छ । सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको छ ।

महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक भासिएको हो । अहिले यो सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो सडक यसअघि पनि भासिएको थियो । त्यति बेला अस्थायी रूपमा मर्मत गरिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १२ : ११ बजे