‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एकीकृत समाजवादी निकट सबैजसो व्यवसायीहरू एमालेमै फर्किए 

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टी निकट सबैजसो पर्यटन व्यवसायी नेकपा एमालेमै फर्किएका छन् । 

समाजवादी पार्टीको केन्द्रीय पर्यटन विभागका सदस्य एवं पर्यटन व्यवसायी संगठन नेपालको महासचिवसमेत रहनु भएका बद्रीप्रसाद तिमल्सिनाको नेतृत्वमा तीन दर्जन व्यवसायीहरू एमालेमै  

 एमाले निकटको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा फर्किनुभएको हो । 

व्यवसायीलाई नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले स्वागत गर्नुभयो । तिमल्सिना ठमेल पर्यटन विकास परिषद्का नवनिर्वाचित महासचिवसमेत हुनुहुन्छ ।

सो अवसरमा तिमल्सिनासहित पुरुषोत्तम तिमल्सिना, लाक्पा दोर्जे शेर्पा, नमिनाथ देवकोटा, सुनिल सिलवाल, मनहरि दाहाल, कुमार नेपाली, दिपेन्द्र दाहाल, पुरुषोत्तम तिमल्सिना, नोर्बु छिरिङ शेर्पा, दिपेन्द्र दुलाल, रस्किन बहादुर श्रेष्ठ, रितेष श्रेष्ठ, सुवाश घिमिरे, सन्तोष तिमल्सिना, कृष्ण बहादुर कार्की, भिम लाल थिङ, माधव प्रसाद आचार्य, महारुद्र गौतम, मदन बहादुर कँडेल, बासुदेव आचार्य, बालकृष्ण खनाल, दिपेश श्रेष्ठ, रोहन तिमल्सिना, मधु सुदन रिमाल, आदित्य लोहनी, सक्षम बस्ती, भगवती सापकोटा, लक्ष्मी कुमारी श्रेष्ठ र मिना तिमल्सिना लगायत ३० बढी व्यवसायीहरू एमालेमा फर्किनुभएको हो । 

 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ३६ बजे