साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हवाई उडड्यन सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई उडड्यन सुरक्षा सम्बन्धी नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारस्थित समितिमा इयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना सम्बन्धमा बसेको बैठकले नेपाल नागरिक उड्यान प्राधिकरणसँग सम्बन्धित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय संसद्‍मा पेश गराउन सरकारलाई निर्देशन दिएको हो ।  

समितिका सभापति राजकिशोर यादवले यसअघि भएका हवाई दुर्घटना सुरक्षा र नियमन सम्बन्धी सरकारद्वारा गठित छानबिन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन प्रतिवेदन के कस्ता अवस्थामा छन समितिलाई जानकारी गराउन निर्देशन दिनुभयो । 

समितिले नेपालको हवाई सुरक्षा र विद्यमान कानुन र अन्तर्राष्टिय अभ्यास कार्यान्वयन भए नभएको सम्बन्धमा १५ दिनभित्र छानबिन गरी आवस्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको स्वतन्त्र टोली गठन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीलाई निर्देशन दिएको छ । 

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले उड्यन क्षेत्रमा भएको समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै अन्तराष्ट्रिय समितिको सहयोग आवश्यक रहेको बताउनुभयो । 

यसअघि सांसदहरूले इयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई हटाउनुपर्ने, नियमाक निकायहरू जिम्मेवार नहुँदा दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  २ : ५४ बजे