काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।
बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युसुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार २ : २० बजे
प्रतिक्रिया