काठमाडौं । केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गर्नुभएकाे हाे ।
यसअघि १४औं नम्बरमा रहनुभएका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई अहिले १६औंमा पुर्याइएको छ । उहाँको ठाउँमा पर्यटनमन्त्री बद्री पाण्डे बढुवा हुनुभएकाे छ । पाण्डे हाल कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ ।
प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार १ : ११ बजे
प्रतिक्रिया