साफ यू–१७ च्याम्पियनसिप आजदेखि

प्रधानमन्त्रीसमक्ष मेयरहरूले गरे विद्युत् प्राधिकरणविरुद्ध उजुरी  

काठमाडौँ,। नेपालविद्युत् प्राधिकरणले सडक बत्तीको नाममा  नागरपालिकाहरूसँग जथाभावी शुल्क असुली गरेको भन्दै उपत्यकामा रहेका मेयहरूले गुनासो गरेका छन् । उपत्यका मेयर्स फोरमका पदाधिकारीले बुधवार प्रधानमन्त्रीसँग सिंहदरबारमा भएको भेटमा  यस्तो गुनासो गरेका हुन् । 

फोरमले नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने  विश्वास दिलाउनुभयो । उहाँले फोहोर मैला व्यवस्थापनको दिगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट गर्नुभयो ।  

 प्रधानमन्त्री  ओलीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठुलो’ भन्ने ढंगले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

“जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनु हुन्न । जनताप्रति शालीन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन ।”

प्रधानमन्त्री ओलीले भन्नुभयो, “सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।”

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरू प्रतिबद्धता रहेकाले केन्द्र सरकारबाट हुनुपर्ने सहजी करणमा प्रधानमन्त्रीको साथ माग्नुभएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १० : २१ बजे